दफा ६२
सहायक कम्पनी मार्पmत धितोपत्र व्यवसाय गर्न तोक्न सक्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्पmतमात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ । तर त्यस्तो सहायक कम्पनीले धितोपत्र व्यवसाय बाहेक अरु काम गर्न सक्ने छ्रैन ।